३ फाल्गुन २०८२, आइतबार

२०८२ पुस १४ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान


आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था

हाल तराईका धेरै स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ । देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहेको छ ।

दिउँसो

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ । देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राती

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चेतावनी तथा परामर्श

देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !