२३ भाद्र २०८१, आइतबार

शोक प्रस्ताव पारित


BICC

३१ असार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्व राज्यमन्त्री आलमको ५३ वर्षको उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो ।

उहाँ २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभाको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो ।

बैठकमा सभामुख कृष्णबहादुर महराले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । साथै, स्व आलमको निधनमा सांसदले आ–आफ्नो स्थानबाट उठी एक मिनेट मौनधारणासमेत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार अपराह्न १ः०० बजे बस्नेछ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !