७ फाल्गुन २०८२, बिहिबार

उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग


आजको मौसम

काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !