१० पुस २०८१, बुधबार

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त


डा. बिन्दुनाथ लोहनी

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा नियुक्त गरेको हो ।

नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ वर्षका लागि सो विश्वविद्यालयको कुलपतिको पदमा नियुक्त भएका हुन् । लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन् ।

साथै उनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

पछिल्लो चरणमा एसियाली विकास बैंकको उपाध्यक्षको जिम्मेवारी बहन गरेका थिए । डा. लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृतिहरू प्रकाशित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !