११ पुस २०८१, बिहीबार

सिरियाका राष्ट्रपति असदले देश छोडेर भागेको विद्रोहीको दाबी


बसर अल असद

काठमाडौं । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल–असद देश छोडेर भागेको दाबी गरेका छन् । विद्रोही समूहले राष्ट्रपति भागेपछि सिरिया हाल ‘स्वतन्त्र’ भइसकेको दाबी समेत गरेका छन् ।

विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ अध्याय सुरुवात भएको बताएको छ । विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन्।

यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका थिए भन्ने स्पष्ट भइसकेको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !