१ मंसिर २०८१, शनिबार

वर्तमान सरकार कानूनी राज्यको पक्षमा : मन्त्री तामाङ


SherBahadur Tamang

१६ असार, काठमाडौँ ।   कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले वर्तमान सरकार संविधानको सर्वोच्चता तथा कानूनी राज्यको पक्षमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले संघीयता कार्यान्वयनका लागि आवश्यक ११० कानूनमध्ये ७३ कानून संसदबाट पारित भइसकेको जानकारी दिनुभयो । अब २५÷३० वटा कानून मात्र पारित हुन बाँकी रहेको र ती कानूनको मस्यौदा छिट्टै संसद्मा दर्ता गरी असोज ३ भित्र पारित गरीसक्ने उहाँले बताउनुभयो ।

सबै कानून समयसीमा भित्रै तयार गर्ने सरकारको प्रतिबद्धता रहेको चर्चा गर्दै मन्त्री तामाङले त्यसपछि आवश्यक अन्य कानूनहरु संशोधनका लागि मस्यौदा बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुने बताउनुभयो ।

उहाँले बीमासम्बन्धी विधेयक र प्रशासकीय अदालतसम्बन्धी विधेयक संसद्मा दर्ता भइसकेको तथा सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेको बताउनुभयो । मन्त्री तामाङले संसदको सुनवाई समिति गठन हुन नसकेको कारण संवैधानिक निकायको पदाधिकारीको नियुक्ति हुन नसकिरहेको बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !