१३ आश्विन २०८१, आइतबार

रासस अब नयाँ योजनाका साथ अगाडि बढ्छ : अध्यक्ष अधिकारी


Harihar Adhikari

१२ असार, विराटनगर  ।  राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताउनुभएको छ ।

विराटनगरस्थित राससको प्रदेश नं १को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले नयाँ योजनाअन्तर्गत आवश्यकताअनुरुप समाचारलगायत व्यवस्थापनको पक्षमा सुधार गरी राससलाई थप उचाइमा पु¥याउने लक्ष्यका साथ अगाडि बढ्न लागिएको बताउनुभयो ।

उहाँले नेपालको एकमात्र समाचार समितिको विश्वसनीयतालाई कायम राख्दै नयाँ दृष्टिकोणका साथ खोजमूलक समाचारतर्फ विशेष जोड दिन आग्रह दिर्नुभयो ।

अब पुरानो ढर्राको र सतही समाचारले काम नचल्ने, अल्छीपन स्वीकार्य नहुने विषयमा सचेत गराउँदै उहाँले भन्नुभयो, “समाचारमा शब्द चयनस्तरीय हुनुपर्ने, ताजापन ल्याउनुपर्ने र छिटोछिटो समाचार सम्प्रेषण गर्नुपर्छ ।”

अध्यक्ष श्यामलले सो कार्यालयलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने र यसका लागि आवश्यक बजेट केन्द्रीय कार्यालयले निकासा गर्ने जानकारी दिनुभयो ।

स्थलगत निरीक्षण टोलीमा राससका सञ्चालक समितिका सदस्य दयाराम दाहाल, वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाललगायतको सहभागिता थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !