१६ असार २०८१, आइतबार

दुई वटा क्याम्पसलाई क्युएए प्रमाणपत्र


QAA-inset

१२ असार, नवलपरासी ।  यसपटक नेपालका थप दुई वटा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने क्युएए प्रमाणपत्र पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पस र रुपन्देहीको भैरहवा रहेको भैरहवा बहुमुखी क्याम्पसले प्राप्त गर्न सफल भएका हुन् ।

साथै यसै वर्ष नेपालका लुम्बिनी वाणिज्य क्याम्पस, कैलाली बहुमुखी क्याम्पस तथा अन्य दुईवटा क्याम्पसले पनि क्युएए नवीकरण पत्र प्राप्त गर्न सफल भएका छन् ।

विभिन्न चरणको शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, शैक्षिक प्रतिफलका सूचक पार गर्दै थप दुई वटा क्याम्पसलाई यसपटक विश्वविद्यालय अनुदान आयोगले यो प्रमाणपत्र दिएको हो ।

क्युएए प्रमाणपत्र गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदानलगायतका अन्य सुविधा प्राप्त हुने गर्दछ । अब चिसापानी बहुमुखी क्याम्पसलाई विभिन्न चरणमा रु १२ लाख नगदसहित अन्य निकायबाट सहयोग प्राप्त हुने उक्त क्याम्पसका प्रमुख विष्णु लम्सालले बताउनुभयो ।

विसं २०६९ साउन २१ गते आयोगमा दर्ता गरिएको निवेदनअनुसार क्युएए प्रमाणपत्र भएको उपलब्धिलाई थप परिस्कृत गर्ने र आगामी वर्षमा अझै थप मापदण्ड पूरा गर्दै जाने योजना रहेको उहाँको भनाइ थियो ।

क्युएए प्रमाणपत्र प्राप्त गर्नका लागि क्याम्पसको गुणस्तरीय अवस्थालाई पूर्ण प्रभावकारी बनाएरमात्र विश्वविद्यालय अनुदान आयोगमा निवेदन दर्ता गराउनुपर्ने हुन्छ । नेपालमा हाल सामुदायिक र प्राइभेट गरी एक हजार १६६, आङ्गीक ६०, गरी कूल एक हजार २२६ वटा क्याम्पस भएकामा २१ वटा क्याम्पसले मात्र हालसम्म यो प्रमाणपत्र पाएका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !