१६ असार २०८१, आइतबार

आस्था कलेज व्यवस्थापन कलेजको उत्कृष्टतामा


Aastha college

१२ असार, दमक । यहाँस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ ।

काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका व्यवस्थापन कलेजको मूल्याङ्कनका आधारमा दमक–४ मा रहेको आस्था कलेजले त्यस्तो उत्कृष्टता प्राप्त गरेको हो । देशभरि व्यवस्थापन कलेजको संख्या एक हजार २७४ रहेको छ ।

उत्कृष्टतासँगै कलेजले विस्कुलस् रेटिङ–रेङ्किङ अवार्ड–२०१८ पाएको कलेजका प्रमुख टेकनाथ भण्डारीले बताउनुभयो । उहाँले शैक्षिक सुधारसहित अन्य विभिन्न आधारभूत मापदण्ड पूरा गरेका कारण कलेजले पछिल्लोपटक त्यस्तो सफलता प्राप्त गर्न सकेको बताउनुभयो ।

अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने सो कलेजमा हाल बिबिएसतर्फ ३०० विद्यार्थी रहेका छन् ।
कलेजसँगै माध्यमिक विद्यालयतर्फ एकता एकेडेमीसमेत सञ्चालनमा छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !