१२ आश्विन २०८१, शनिबार

साउदीले इजिप्टलाई २–१ ले हरायो


Saudi

१२ असार, काठमाडौं । समूह एको खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोलले पराजित गरेको छ । दुई टोली विश्वकपबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्र थियो ।

खेलको २२औं मिनेटमै मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्यूरी समयमा सलमान अल फाराजले पेनाल्टी गोलमार्फत खेल बराबरीमा ल्याए ।

त्यसअघि खेलको ४१औं मिनेटमा पनि साउदीले पेनाल्टी पाएको थियो । तर, साउदी स्ट्राइकर फाहद अल मुआलादले प्रहार गरेको पेनाल्टी इजिप्टका गोलरक्षक इसम अल हारादीले बिफल पारिदिएका थिए ।

तर, खेलको इन्ज्यूरी समयमा साउदीका सलिम अल देश्वारीले विजयी गोल गरे र साउदीले विश्वकपमा सान्त्वना जित हासिल गर्न सफल भयो । तर इजिप्ट भने समूह चरणका तीनै खेल हार्दै घर फर्केको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !