२२ भाद्र २०८१, शनिबार

विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु


BICC

२७ जेठ,  काठमाडौँ ।  संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।

बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल आजदेखि शुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल भइरहेको छ ।

उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।

बैठक शुरु भएसँगै विशेष समय लिँदै सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अवरोध सिर्जना भएकोप्रति आपत्ति जनाउनुभयो ।

उहाँले जग्गाको मुआब्जा लिइसकेर १५ प्रतिशत काम सकिएको अवस्थामा निर्माण कार्य अवरोध गर्नेमाथि कारवाही गर्न आग्रह गर्नुभयो । विशेष समय लिएर बोल्ने क्रम जारी छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !