६ जेष्ठ २०८१, आइतबार

संघीय संसदमा बजेटमाथि छलफल जारी


BICC

१७ जेठ , काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सीप र क्षमताका आधारमा प्रस्तुत गरिएको लोककल्याणकारी बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७५÷ ७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरु गरियोस् भन्ने प्रस्ताव सभामुखमार्फत गर्नुभएको हो ।

अर्थमन्त्री खतिवडाले जेठ १५ गते संघीय संसद् (प्रतिनिधिसभा ÷राष्ट्रियसभा)मा आगामी आर्थिक वर्ष ०७५÷७६ को आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नुभएको थियो । उक्त बजेट माथिको सामान्य छलफल संसदमा शुरु भइरहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !