३० कार्तिक २०८१, शुक्रबार

पासाङल्हामु सडक एकाइ कार्यालय स्थापित


Nepalpatra

१६ जेठ, रसुवा । त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ ।

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित सो एकाइ जिल्ला शिक्षा कार्यालयको खाली भवनमा राखिएको बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टलेविसं २०४२ मा बनेको सो सडकमा नयाँ एकाइ कार्यालय स्थापनाले अब नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न र सडक मर्मतसम्भारमा मद्दत मिल्ने बताउनुभयो । सडक एकाइमा इञ्जिनीयरसहित दुई प्राविधिक रहनेछन् । बेत्रावतीदेखि रसुवागढीसम्मको पूरै सडक नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

मैलुङ बन्द 
स्याफ्रुबेंसी–मैलुङखण्डको १७ किमी डबल लेन सडक खुल्ने कार्य सम्पन्न भई नेपाली सेनाले यही जेठ ६ गतेदेखि हस्तान्तरण गरेको बाटो हाल बन्द गरिएको छ । नयाँ मार्ग खोलिएका ठाउँमा ढुङ्गा खसी दुर्घटना हुने सम्भावना र अवैध गतिविधि बढ्न सक्ने भएकाले नयाँ सुरक्षाचौकी स्थापना नभएसम्मका लागि बन्द गरिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले बताउनुभयो ।

नयाँ खोलिएको सडकमा नाली, टेवा पर्खाललगायतका काम अगाडि बढाइन लागेको गल्छी–मैलुङ–स्याफ्रु सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !