७ जेष्ठ २०८१, सोमबार

पन्ध्र लाखमा पुस्तकालय निर्माण


Library

१६ जेठ,  इलाम । नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ ।

एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पुस्तकालयमा पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

रु १५ लाखको लागतमा इलाम नगरपालिका–६, नारायणस्थानमा चारकोठे शहीद स्मृति प्रतिष्ठान भवन तथा पुस्तकालय निर्माण भएको हो । २०७० सालदेखि निर्माण शुरु गरिएको पुस्तकालय निर्माणमा आर्थिक अभाव हुँदै आएर निर्माण कार्य ढिलो भएको पुस्तकालयका जीवन शर्माले जानकारी दिनुभयो ।

पुस्तकालयकी अध्यक्ष टीकादेवी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद राम राना, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, सूर्यवाला राईलगायतले बोल्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !