६ जेष्ठ २०८१, आइतबार

आज संघीय सदनमा वार्षिक बजेट प्रस्तुत हुँदै


BICC

१५ जेठ , काठमाडौँ ।  सरकारले आज आउँदो आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक– २०७५ र राष्ट्र ऋण उठाउने विधेयक– २०७५ पेश गर्नुहुनेछ । बजेटमा दिगो आर्थिक विकास, भौतिक पूर्वाधार, जलविद्युतलगायत क्षेत्रलाई विशेष जोड दिइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । तत्कालीन एमाले र माओवादीले चुनावका बेला गरेका प्रतिवद्धता र साझा घोषणापत्रलाई मुख्य आधार मानेर बजेट व्यवस्थापन गरिएको पनि स्रोतको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !