२९ कार्तिक २०८१, बिहीबार

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने : मन्त्री पण्डित


lalbabu pandit

१२ जेठ, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उहाँले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताउनुभयो । संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रुपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !