१२ आश्विन २०८१, शनिबार

जनताका घरदैलोमा सूचनामूलक स्टिकर टाँसिने


प्रदेशसभा

१० जेठ, विराटनगर ।  प्रदेश नं १ अन्तर्गतका आन्तरिक मामिला तथा कानून मन्त्रालयले १०० दिन पूरा गरेको अवसर पारेर प्रदेशका १४ वटै जिल्लाका नागरिकका सबै घरधुरीमा सूचनामूलक स्टिकर टाँस गर्ने भएको छ ।

जेठ १४ गतेदेखि बिहान ८ बजे एकै समयमा प्रदेशको सबै जिल्लामा स्टिकर टाँस गर्ने कार्य शुभारम्भ हुने मन्त्रालयका अधिकृत मुरारीप्रसाद घिमिरेले बताउनुभयो ।

जनतासँग प्रहरी कार्यक्रमलाई सार्थक बनाउने उद्देश्यले आमजनताको घरदैलोमा प्रहरीको टेलिफोन नम्बरसहित सूचनामूलक स्टिर प्रदेशका ११ लाख १४ हजार घरधुरीमा टाँसिने कार्यक्रम रहेको बताइएको छ ।

यसबाट आमनागरिकलाई घटनाको सूचना आदानप्रदान गर्न र समाजमा सुरक्षाको स्थितिलाई बलियो बनाउन पनि मद्दत पुग्ने विश्वास लिइएको छ ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !