१२ आश्विन २०८१, शनिबार

काँग्रेसद्वारा सरकारको नीति तथा कार्यक्रमका बारे विज्ञसँग परामर्श


Nepali-congress

८ जेठ, काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आइतबार सरकारले संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा बुधबारदेखि छलफल हँुदैछ ।

बैठकले नीति तथा कार्यक्रमका बारेमा समीक्षा गर्नाका साथै उक्त नीतिको सम्बन्धमा संसद्मा बोल्ने विषयका बारेमा छलफल गरेको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिनुभयो । यसअघि काँग्रेस संसदीय दलको बैठकले दलका विषयगत समिति बनाई संसद्मा पार्टीका धारणा राख्ने निर्णय गरेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !