१२ आश्विन २०८१, शनिबार

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छ : अध्यक्ष दाहाल


Prachanda प्रचण्ड

७ जेठ, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको बताउँदै मधेशवादी दल सरकारका सहभागी हुन प्राविधिक कुरा मिल्न मात्र बाँकी रहेको जानकारी दिनुभएको छ ।

नीति तथा कार्यक्रम सार्वजानिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले भन्नुभयो, “राजनीतिक सहमतिमा संविधान संशोधनको कार्य टुंगोमा पुगिसकेको छ, मधेशवादी दल वर्तमान सरकारमा सहभागी हुन केही प्राविधिक कुरा मिल्न मात्र बाँकी छ, यो पनि छिट्टै टुंगिन्छ ।”

उहाँले सरकारको नीति तथा कार्यक्रम विगतका निर्वाचनमा सार्वजनिक भएका घोषणापत्रअनुसार आएको छ भन्नुभयो । पत्रकारको प्रश्नमा उहाँले जनतासामु गरिएका प्रतिबद्धता नै नीति तथा कार्यक्रम आएको बताउँदै संघीयता कार्यान्वयनको विषय तीन तहको संरचनालाई बलियो पार्ने कुरामा समेटिएको स्पष्ट पार्नुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !