५ आश्विन २०८१, शनिबार

संविधान संशोधन छुट्टै विषय हो : प्रम अाेली


PM KP Oli केपी ओली

७ जेठ, काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताउनुभएको छ ।

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग भन्नुभयोे, “जनतामुखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी बजेट आउँछ, ढुक्क रहन म आग्रह गर्दछु ।”

‘संविधान संशोधनको विषय सरकारको नीति तथा कार्यक्रममा किन आएन प्रधानमन्त्रीज्यू’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले “यो विषय वार्षिक नीति तथा कार्यक्रममा पर्ने विषय होइन, छुट्टै विषय हो”, भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !