१२ असार २०८१, बुधबार

नेकपाका अध्यक्षद्वय केन्द्रीय कार्यालय अवलोकन गर्दै


prachanda-and-kp-oli-

४ जेठ, काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयको अवलोकन गर्दै हुनुहुन्छ ।

एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गर्नुभएको छ । उहाँलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !