५ जेष्ठ २०८१, शनिबार

फुटबलका लिजेण्ड शाहको अन्त्येष्टि आज गरिने


Mani Shah Footballer

१ जेठ, काठमाण्डौ । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको आज अन्त्येष्टि गरिने भएको छ ।

उहाँको पार्थीव शरिरलाई श्रदाञ्जली दिन बिहान ९ बजेदेखि ११ बजेसम्म दशरथ रंगशालामा राखिने छ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

शाहको ५१ वर्षको उमेरमा सोमबार निधन भएको हो । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० वटा अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !