११ आश्विन २०८१, शुक्रबार

अब ट्वीटरबाटै मौसम अपडेट, भोलिसम्म नै मौसम बद्ली हुने


Twitter.

३१ वैशाख, काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अब सामाजिक सञ्जालमार्फत पनि मौसमसम्बन्धी जानकारी दिने भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत इन्टरनेट चलाउनेहरुले मौसमी जानकारी लिन सक्नेछन् । @DHM_Weather मा गएर मौसमबारे जानकारी लिन सकिने महाशाखाले जनाएको छ ।

भोलिसम्म नै मौसम बद्ली हुने

उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । आज बेलुकीसम्म देशभरको मौसम बद्ली हुने मौसमविद्को अनुमान छ । वायू मण्डलको तल्लो सतहमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा पश्चिमीको वायुको प्रभावसँगै पूर्वी क्षेत्रबाट आएको हावाका कारण प्रि मनसुन सक्रिय हुँदा झरी परेको मौसमविद् मिनप्रसाद अर्यालले बताउनुभयो ।

दिउँसो केहिबेर मौसम खुले पनि फेरि बदली भई पानी पर्ने सम्भावना छ ।  मौसमविद् अर्यालका अनुसार मंगलबार पनि मौसम यस्तै रहने छ । मंगलबार बेलुकीदेखि भने पानी पर्न रोकिने अनुमान गरिएको छ । तर प्रि मनसुनको समय भएकाले स्थानीय वायूको प्रभावले पनि पानी पार्न सक्ने मौसमविद्ले बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !