६ जेष्ठ २०८१, आइतबार

नागरिक अभिनन्दनका लागि १८ उपसमिति गठन


२५ वैशाख, काठमाण्डाै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि काम काठमाण्डौ महानगरपालिकाले १८ उपसमिति गठन गरेको छ ।

कामपाले यही वैशाख २९ गते अपराह्न भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्दैछ । उपसमितिले सरसफाइ, निमन्त्रणा, सुरक्षा, स्वागतद्वार निर्माण, सडक किनाराका खम्बामा झण्डा राख्ने काम, कार्यक्रमस्थल राष्ट्रिय सभागृह र अन्य स्थानमा मर्मतसम्भार, रङरोगनजस्ता काम गर्ने कामपा सहप्रवक्ता नवराज ढकालले भन्नुभयो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पाहुनाको स्वागतमा कुनै कमी हुने बताउँदै अहिले गरिएको सरसफाइ र मर्मतको काम तत्कालका लागि मात्र नभई लामो समयसम्म टिकाउ हुन उपसमितिलाई आग्रह गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ । उहाँले पहिलो दिन प्रदेश नं २ को जनकपुर र काठमाण्डौ तथा दोस्रो दिन मुक्तिनाथको दर्शन तथा जोमसोमको यात्रा गर्नुहुनेछ । त्यसपछि काठमाडौँ फर्केपछि उहाँ भारतीय राजदूतले आयोजना गरेको दिवा भोजमा सहभागी भई अपराह्न २ः४५ बजे कामपाले आयोजना गर्ने नागरिक अभिनन्दनमा सहभागी हुने समय तालिका छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु