२१ असार २०८१, शुक्रबार

प्रधानमन्त्रीद्वारा ‘संसददेखि संविधानसभासम्म’ पुस्तक विमोचन


k|wfgdGqL lgjf; afn’jf6f/df cfof]lht sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nL g]skf-Pdfn]_sf g]tf Pj+ k”j{ pkk|wfgdGqL e/tdf]xg clwsf/Låf/f lnlvt k’:ts …;+;b b]lv ;+ljwfg;ef;DdÚ cfh ladf]rg ug'{x’Fb} . t:jL/ ;f}hGo M k|wfgdGqLsf] ;lrjfno

२३ वैशाख, काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक ‘संसददेखि संविधानसभासम्म’ शनिबार विमोचन गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेता अधिकारीले महत्वपूर्ण पुस्तक लेख्नुभएको बताउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफ्नो जीवन भोगाइका विभिन्न घटनालाई सिलसिलेबार ढंगले प्रस्तुत गर्नुभएको छ । यसले नयाँ पुस्तालाई त्यसबेलाको राजनीतिका बारेमा जानकारी दिन्छ ।”

प्रधानमन्त्री ओलीले सबैलाई लेखन परम्परा सिक्न पनि आग्रह गर्नुभएको छ । “नेपालीका पूर्खाले रामायण, वेदजस्ता ग्रन्थहरु लेखे”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा पूर्खाको जेनेटिक मेमोरी हामीमा पनि सरेकाले लेख्नलाई हामीलाई गाह्रो हुँदैन ।”

घोष्ट राइटिङ नेपालले प्रकाशन गरेको कार्यक्रममा यस पुस्तकका बारेमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीको ८२औँ जन्मोत्सवका अवसरमा सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै केक काटेर अधिकारीलाई खुवाउनुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !