४ आश्विन २०८१, शुक्रबार

सोल्टी होटलको आम्दानी तथा मुनाफा घट्यो


Solti Hotel

२१ वैशाख, काठमाण्डौ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा सोल्टी होटल(SHL) ले आम्दानी तथा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । होटलले हिमालयन विङ्ग भवनमा रहेका कोठाहरु स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द गरेकाले आम्दानीमा गिरावट आएको जनाएको छ ।

होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड १७ लाख रुपैयाँ नाफा गरेको जनाएको छ। गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १ करोड ९९ लाख कम हो । गत वर्षको यहि अवधिमा होटलले १७ करोड १६ लाख रुपैयाँ थियो ।

होटलले चैतसम्ममा आफ्नो व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत एक अर्ब १२ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा ६ करोड कम हो । गत वर्ष होटलले एक अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

होटलको चुक्ता पूँजी ६६ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ करोड ९० लाख रुपैयाँ छ । जसको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ २२.९० रुपैयाँ रहेको छ। जसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !