४ आश्विन २०८१, शुक्रबार

मेगा र टुरिजम बैंकको एकीकृत कारोबार बैशाख ३० वाट


Mega-Tourism

२१ वैशाख, काठमाण्डौ । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार बैशाख ३० गतेदेखि शूरु गर्ने भएका छन् । एक आपसमा गाभिन सम्झौता गरेको झण्डै १६ महिनापछि दुबै बैंकले एकीकृत कारोबार सुरु गर्ने मिति तय भएको हो  । २०७३ माघको पहिलो साता मर्जरमा जान दुबै बैंकले सम्झौता गरेका थिए ।

नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले बैशाख ९ गते तथा कम्पनीले रजिष्ट्रारको कार्यालयबाट बैशाख १२ गते दुर्इ बैंकलाई एक आपसमा गाभिएर एकीकृत कारोबार सुरुवात गर्न अन्तिम स्वीकृती प्रदान गरेपछि १६ महिने लामो प्रक्रिया टुंगिएको हो । अन्तिम स्वीकृती पश्चात एकीकृत कारोबारको मिति निर्धारण गरिएको हो ।

दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी  ९ अर्ब ४७ करोड रुपैयाँ कायम हुने छ । मेगाको प्रति शेयर १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जर निर्णय भएको हो ।

सेयर स्वाप रेसियो अनुसार टुरिजममा १ सय कित्ता शेयर भएका लगानीकर्ताको भागमा अब मेगा बैंकको ९५ कित्तामात्र शेयर कायम हुने भएको छ । वैशाख ३० पछि दुवै बैंकको काराेबार मेगा बै‌ँककै नामबाट हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !