१७ असार २०८१, सोमबार

सार्वजनिक यातायात नचलाउने विरुद्ध अनुगमन सुरु


Sarbajanik yatayat

२१ वैशाख, काठमाण्डौ । सरकारले सार्वजनिक यातायात नचलाउने विरुद्ध अनुगमन सुरु गरेको छ ।

यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालको नेतृत्वमा अनुगमन सुरु भएको हो । अनुगमन टोली अहिले भक्तपुर पुगेको छ । भक्तपुर पछि काठमाण्डौको कलंकी र बसपार्कमा पनि अनुगमन हुने विभागले जनाएको छ ।

आज गाडी नचलाउनेको विवरण संकलन गरी कारबाहीको प्रक्रियामा ल्याउने विभागको तयारी छ । विभागले यस अघि नै सिडिकेण्टको पक्षमा गाडी नचलाउनेको इजाजत र रुटपरमिट खारेज गर्ने बताएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !