४ आश्विन २०८१, शुक्रबार

३३ किलो सुन प्रकरण : मुख्य अभियुक्त ‘गाेरे’ सहित ६२ जनाविरुद्ध मुद्दा दर्ता


sun-taskari-gore

१९ वैशाख, मोरङ । गायब भएको भनिएको ३३ किलो सुन र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा आज (बुधबार) उच्च प्रहरी अधिकारीसहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदैछ । मोरङ प्रहरीले दर्ता गर्न लागेको मुद्दामा फरार रहेका चुडामणि उप्रेती (गाेरे)लाई मुख्य अभियुक्त बनाइएको छ ।

पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गर्ने तयारी भएको मोरङ प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयमार्फत् पक्राउ परेका र फरार रहेकाहरुलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिन लागेको मोरङ प्रहरी स्रोतले बतायो । २८ जना पक्राउ परेका र अन्य ३४ जनाविरुद्ध मुद्दा दर्ता हुनेछ ।

यी हुन् पक्राउ परेका २८ जना

प्रहरी अधिकारीहरु : पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान विष्णुबहादुर खड्का

विमानस्थलका कर्मचारीहरु : थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारु

व्यापारीहरु : भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य

सनम शााक्य हत्याका प्रतिवादी : मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमार

फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेसँगै सुन तस्करीको घटना बाहिरिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !