४ आश्विन २०८१, शुक्रबार

तेस्रो त्रैमासमा मिर्मिरे माइक्रोको प्रगति रहरलाग्दो


Mirmire Microfinance

१७ वैशाख, काठमाण्डौ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा मिर्मिरे माइक्राफाइनान्स डेभलपमेन्ट बैंकले रहरलाग्दो प्रगति गरेको छ । यो अवधिमा बैकले अधिकांश सूचकमा अपत्यारिलो छलाङ मारेको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरणले देखाएको छ ।

समीक्षा अवधिमा बैंकले खुद नाफा ७४ प्रतिशत वृद्धि गर्न सफल भएको छ । गत वर्ष यही अवधिसम्म १ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले  यस बर्ष उत्साहप्रद प्रगति गर्दै खुद नाफा २ करोड १२ लाख १४ हजार रुपैयाँ पुर्याएको छ ।

अधिकांश सूचक सकारात्मक देखिएका बैंकको  खुद ब्याज आम्दानी तथा संचालन मुनाफामा समेत भारी वृद्धि वृद्धि भएकाले नाफा उत्साहजनक बनेको हो । गत वर्ष ४ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ५ करोड ९२ लाख कायम गर्न सपल भएको हो । यसका साथै सञ्चालन मुनाफामा समेत भारी वृद्धि भएको देखिएको छ । गत वर्ष १ करोड ६६ लाख ३० हजार सञ्चालन मुनाफा आर्जन गरेको बैंकले यस वर्ष २ करोड १२ लाख १४ हजार आर्जन गर्न सफल भएको छ ।

माइक्रोफाइनान्सले यस अवधिसम्म ३४ करोड १५ लाख निक्षेप संकलन गरेको छ भने कर्जा लगानी १ अर्ब २४ करोड लाख छ ।
माइक्रोको खराब कर्जा शून्य दशमलव ९७ प्रतिशत रहेको छ । गत वर्ष भन्दा माइक्रोले यो सूचकमा समेत उल्लेख्य प्रगति गरेको छ । गत वर्ष खराब कर्जा अनुपात १ दशमलव २४ प्रतिशत रहेको थियो ।  प्रतिसेयर आम्दानी  ६२ रुपैयाँ ८६ पैसा छ भने प्रतिसेयर नेटवर्थ २ सय ११ रुपैयाँ २८ पैसा छ ।

चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ पुर्याएको माइक्रोको जगेडा कोषमा सो भन्दा बढी रकम रहेको छ । माइक्रोको जगेडा कोषमा ५० करोड ७५ हजार रुपैयाँ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !