४ आश्विन २०८१, शुक्रबार

आज कांग्रेसले पदाधिकारी चयन गर्ने, सल्लाहबिना निर्णय गर्न लागेको भन्दै पौडेलको आपत्ति


Congress-Party-Office

१७ वैशाख, काठमाण्डौ  ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनितका लागि केन्द्रीय समितिमा प्रस्ताव गर्ने भएका छन् ।

तर सहमति र सल्लाहबिना नै पदाधिकारी चयन गर्न लागिएको भन्दै नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।
केन्द्रीय समिति बैठक सकिए लगत्तै सभापतिले एक्कासी पदाधिकारी नियुक्तिको लागि निर्वाचित केन्द्रीय समिति बैठक बोलाएको भन्दै नेता पौडेलले आपत्ति जनाएका हुन् । नेता पौडेलले आफुहरुसँग सल्लाह र सहमति नगरिकनै सभापतिले बैठकमा एक्कासी पदाधिकारी बैठक आव्हान गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सभापति देउवाले शनिबार समापन भएको बैठकको अन्त्यमा पदाधिकारी नियुक्तिका लागि छलफल गर्न भन्दै निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बोलाएपछि नेता पौडेलले असन्तुष्टि जनाएका हुन् ।  पार्टीको महाधिवेशन भएको २ महिना भित्र गर्नुपर्ने पदाधिकारी मनोनयन २ बर्ष पछाडि गर्नु विधान विपरित भएको भन्दै पौडेल पक्षिय नेताहरुले विरोध गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !