४ आश्विन २०८१, शुक्रबार

बिहान बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक साँझ सुरु


Nepali-congress-Centre-office-Sanepa

एजेन्सी, १६ वैशाख  । संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको निर्णय विवादले २ दिनदेखि बस्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बेठक आइतबार अपरान्ह सुरु भएको छ ।

शनिबार दिनभर भएका अनौपचारिक बैठकमा पनि निर्णयमा के उल्लेख गर्ने भन्ने विवाद कायमै रहेपछि आइतबार बिहानका लागि बैठक बोलाइएको थियो ।

आइतबार बिहान ९ बजे बोलाइएको बैठक विवादका कारण अपरान्हमात्र बसेको हो ।

महासमिति बैठक भदौ अन्तिम साता बोलाउने गरी प्रस्ताव गर्ने संस्थापन पक्षको तयारी रहेको बताइएकोृ छ। पौडेल समूहले भने जेठभित्रै बोलाउनुपर्ने माग गर्दै आएको थियो । चुनावी हारको जिम्मेवारी सामूहिक रुपमा लिने गरी सहमतिको प्रयास भैरहेको यसअघि कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रतिक्रिया दिएका थिए ।

बिहान भएको अनौपचारिक कुराकानीमा निर्वाचनको हार नेतृत्वले लिनुपर्ने अडानमा नेता रामचन्द्र पौडेल पक्षधरको अडान कायमै रहेको छ भने सभापति शेरबहादुर देउवा र उनी पक्षधर नेताहरु यसका लागि तयार भएका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले बेहोरेको हारको जिम्मा कसले लिने भन्ने बारेमा दुवै पक्ष अडानमा रहेका छन् ।

त्यसैगरी लिखित रुपमा नै बैठकमा प्रवेश गरेको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समिति खारेजको विषय पनि अर्को विवादको विषय बनेको छ ।

सभापति शेरबहादुर देउवा र उनी निकटका केन्द्रीय सदस्यहरु ‘कम्युनिष्ट गठबन्धन’ कारण मात्रै कांग्रेस पराजित भएको उल्लेख गर्न चाहन्छन् भने पौडेल पक्षले सरकारमा हुँदा भएका कमीकमजोरी र सभापतिको अदुरदर्शीताका कारण पराजित भएको कुनै न कुनै रुपमा बैठकको निर्णयमा आउनुपर्ने धारणा राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !