४ आश्विन २०८१, शुक्रबार

माईभ्याली गोल्डकप : एपीएफलाई हराउँदै थ्रीस्टार फाइनलमा


Goldcup

१६ वैशाख, इलाम । थ्रीस्टार फुटबल क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

इलामको ठूलो टुडिँखेलमा शनिबार भएको खेलमा विभागीय टोली एपीएफलाई २–० ले हराएर थ्रीस्टार उपाधि नजिक पुगेको हो । नेपाली राष्ट्रिय फूटबल टिमका चर्चित स्ट्राइकर विमल घर्ती मगरले खेलको मध्यान्तर अगाडिको इन्जुरी समयमा गोल गर्दै जितका थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

एपीएफका खेलाडीले आक्रामक खेल कौशल देखाए पनि उपाधि नजिक भने पुग्न सकेन । जितका लागि एपीएफले निरन्तर प्रयास जारी राखे पनि सफल भएन ।
यस्तै मध्यान्तरपछि खेलको ९० औँ मिनेटमा थ्रीस्टारका नाइजेरियन खेलाडी अजय मार्टिन्सले गोल गरी अग्रता दोब्बर बनाए ।

शनिवारकााे खेलमा थ्रीस्टारका विमल घर्ती मगर म्यान अफ् दी म्याच भएका छन् । उनले नगद १० हजार रुपैयाँ र चाँदीको मेडल प्राप्त गरेका छन् । थ्रीस्टारले उपाधिको लागि आउँदो १७ गते हुने फाइनल खेलमा मनाङ्ग मर्स््याङ्दीसँग खेल्नेछ ।

माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले यामाहाको एउटा १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !