४ आश्विन २०८१, शुक्रबार

संघीय संसदको अधिवेशन २३ वैशाखदेखि


Pm-office

१४ वैशाख, काठमाण्डौ । संघीय संसदको अधिवेशन यही वैशाख २३ गते आइतबारका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्तै, भारत सरकारको सहयोगमा वीरगञ्जमा बनेको एकीकृत भञ्सार जाँच चौकीको भञ्सार क्षेत्र निर्धारणसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि बैठकले गरेको छ ।

आन्तरिक शान्ति र सुव्यवस्था विधायक तर्जुमा गर्नका लागि गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि बैठकले गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त पदमा सरकारी वकिल समूहका राजपत्राङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !