६ जेष्ठ २०८१, आइतबार

प्रदेश नम्बर ३ मा एक अर्ब २ करोडको बजेट प्रस्तुत


प्रदेशसभा

१३ वैशाख, काठमाण्डौ । तीन नम्बर प्रदेश सरकारले बिहीबार चालु आर्थिक वर्षको बजेट संसद सचिवालयमा प्रस्तुत गरेको छ ।

चालु आर्थिक वर्षमा गरिने खर्च र पूँजीगत बजेट आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले संसद सचिवालयमा प्रस्तुत गर्नुभएको हो । चालु आर्थिक वर्षका लागि उहाँले एक अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।

संसद सचिवालयमा प्रस्तुत गरिएको बजेटमा चालु खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत बजेट छुट्याइएको छ । यस खर्चमा ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पूँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत रकम छुट्याइएको छ ।

पूँजीगत खर्चमा ४६ करोड ५६ लाख ४० हजार रुपैयाँ छुट्याइएको आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । कृर्षि, उर्जा, पर्यटन र पूर्वाधार प्रदेश नम्बर ३ को विकासका दरिला आधार भन्ने मुल नाराका साथ सांदस सचिवालयमा बजेट प्रस्तुत गरिएको हाे । बजेट तीन महिनालाई मात्रै ल्याइएकाले विकास निर्माणका कामका लागि यस बजेटले काम नगर्ने आर्थिक मामिला मन्त्री ढुंगेलले जानकारी दिनुभयो ।

सांसदमा प्रस्तुत गरिएको बजेटप्रति विपक्षी दलका सांसदले भने आलोचना गरेका छन् । नेपाली कांग्रेसका प्रदेश सांसद र विवेकशील साझा पार्टीका सांसदले बजेट नागरिकमुखि नभएको भन्दै आलोचना गरेका छन् । नेपाली कांग्रेसका सांसद प्रभात तामाङले सरकारले विकास निर्माणका लागि खर्च नछुट्याएको भन्दै आलोचना गर्नुभयो ।

नेकपा एमालेका सांसद केशवराज पाण्डेले आर्थिक वर्षको अन्त्यमा भने पनि बजेट ल्याइएकोमा यसको स्वागत गर्नुपर्ने बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !