१२ आश्विन २०८१, शनिबार

ढाकाबाट छुटेका दुईवटा यात्रुवाहक बस नेपाल आइपुगे


bus

१२ वैशाख, झापा । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि छुटेका दुईवटा यात्रुवाहक बस नेपाल प्रवेश गरेका छन् ।

बंगलादेश–भुटान–भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को (बीबीआईएन) सम्झौताअनुसार ढाकाबाट काठमाडौंका लागि छुटको बसलाई झापाको काकडभिट्टाको मेची भन्सार परिसरमा बुधबार भव्य स्वागत गरिएको छ ।

ढाकाबाट काठमाडौंका लागि हिँडेका श्यामोली परिवहनका दुईवटा यात्रुबस बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा आइपुगेको हो ।

नेपाल र बंगलादेशबीचको दुई मुलुकलाई सडक यातायातबाट जोड्ने योजनाअनुरूप दुईवटा यात्रुवाहक बस सोमबार ढाकाबाट छुटेका थिए । यी दुई बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि सहभागी रहनुभएको छ । दुवै बस बिहीबार काठमाडौं पुग्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !