९ पुस २०८१, मंगलबार

पाँचथरमा निःशुल्क वितरण गर्ने औषधिको अभाव


Medicine

१२ वैशाख, पाँचथर । जिल्ला अस्पतालसहित जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क वितरण गर्ने औषधिको अभाव भएको छ ।

स्थानीय तहले औषधि खरिदमा ढिलाई गर्दा जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा ३० प्रकारको औषधिको अभाव भएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । विगतमा मेडिकल स्टोर, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि खरीद हुने व्यवस्था थियो । तर राज्य पुनर्संरचना पछि स्थानीय तहले औषधि खरीद गर्नुपर्ने व्यवस्था भएको छ ।

जिल्लामा सरकारबाट निःशूल्क वितरण हुने ७० प्रकारका औषधि मध्ये ३० प्रकारका औषधिको अभाव भएको हो । अत्यावश्यक औषधि भने मौज्दात रहेकोले अभाव नरहेको जिल्ला अस्पताल पाँचथरका निमित प्रमुख डाक्टर भुपाल श्रेष्ठले बताउनुभयो ।

३० प्रकारको औषधि अभाव भएपछि खरिदको लागि केहीदिन अघि टेण्डर आह्वान गरिएको श्रेष्ठले बताउनुभयो । टेण्डरको अख्तियारी नभएमा औषधि नआउने र त्यसपछि भने जिल्लामा औषधिको चरम अभाव हुनसक्ने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !