१२ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद नभइ जनवाद ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विपक्षी दलले सरकारले शक्ति केन्द्रित गर्न थालेको र निरंकुशता लाद्न खोजेको आरोप लगाइरहेका बेला ओलीले त्यसको खण्डन गरेका हुन् ।
गोरखा भूकम्पको सम्झनामा बुधबार धरहरा क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न थाल्यो भने सरकार बलियो हुन थाल्यो, तानाशाही हुन आँट्यो, यहाँ त फासीवाद आउने खतरा भयो भनिन्छ । फासीवाद होइन, यहाँ जनवाद आउँदैछ । फासीवाद होइन, समृद्धिवाद आउँदैछ, सुखीवाद आउँदैछ ।’