३० कार्तिक २०८१, शुक्रबार

सय दिन भित्र एनालग प्रणालीका टिभी बन्द हुने


Digitalization

१४ वैशाख, काठमाण्डौ । सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले आगामी सय दिन भित्र एनालग प्रणालीमा भईरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणाली रुपान्तरण गर्ने योजना सार्वजनिक गरेको छ ।

सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले सय दिन भित्र गर्ने कामहरु सार्वजनिक गर्दै देश भरबाट एनालग प्रणाली बन्द गर्ने बताएका हुन्।

सरकारले राष्ट्रिय प्रसारण नियमावलीलाई संशोधन गर्दै २०७४ वैशाख १५ देखि महानगरपालिका, कत्तिक १५ देखि उपमहानगरपालिका र नगरपालिकाबाट र बैशाख १५ बाट एनालग प्रणालीमा प्रसारण भईरहेका टेलिभिजनलाई डिजिटल प्रणाली लैजाने निर्णय गरेको थियो। तर गत एनालग केवल संचालकको असहयोगका कारण सरकारले नियमावलीको प्रावधान कार्यान्वयन गर्न सकेको थिएन। हाल एनालग केवल संचालक डिजिटलाइजेस गर्न राजी भएका छन्।

काठमाडौं उपत्यकामा एनालग माध्यमबाट प्रसारण भएका टेलिभिजन हटाउन सरकारले अनुगमन गरिरहेको सञ्चार मन्त्रालयका प्रवक्ता राम चन्द्र ढकालले जानकारी दिए।

यस्तै मन्त्री बास्कोटाले चलचित्रको कमाईलाई व्यवस्थित गर्न बक्स अफिस लागु गर्ने बताएका छन्। मन्त्री बास्कोटाले एक सय दिन भित्र बिज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन कानून निर्माण गर्ने, सञ्चार मन्त्रालयले दिने प्रशारण संस्थालाई दिने अनुमति प्रदेश सरकारबाट दिने व्यवस्था मिलाउने बताएका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !