६ फाल्गुन २०८२, बुधबार

राष्ट्रसंघ महासभाको सम्मेलन समिति अध्यक्षमा नेपाल निर्वाचित


Nepal UN flag

११ वैशाख, काठमाण्डौ ।  संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

राष्ट्रसंघमा सोमबार भएको ध्वनिमतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वाचित भएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ।

यसअघि एशिया प्रसान्त क्षेत्रका छ वटा मुलुकबाट आगामी दुई वर्षका लागि नेपाल महासभाको अध्यक्षमा नियुक्त भएको थियो।

उक्त समितिमा धेरै पटक सदस्यका रुपमा सेवा गरेको नेपाल पहिलो पटक अध्यक्षका रुपमा निर्वाचित हुनु नेपालको प्रतिष्ठा अभिवृद्धि भएको जनाउँदै उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा बहुपक्षीय मञ्चमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न पाउनुलाई सुनौलो अवसरका रुपमा लिइएको उल्लेख गरेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु