१५ असार २०८१, शनिबार

बुध्दले नयाँ एटिआर–७२ विमान थप्दै


buddha-air

११ वैशाख, काठमाण्डौ । बुध्द एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको जनाएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ । नयाँ जहाजको कलसाइन 9N-AMU हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिने बुध्द एयरले जनाएको छ ।

काठमाण्डौको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरट्राफिकका कारण विशेषत: घरेलु उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो ।

नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ ।
प्रदेश नं. २ को राजविराज विमानस्थलको स्तरोन्नती लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नको लागि पनि बुध्द एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ । आवश्यक तयारीपछि बुध्द एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ ।

यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !