७ मंसिर २०८१, शुक्रबार

अब ट्याक्सीको पनि सिण्डिकेट तोड्छौँ : मन्त्री महासेठ


Raghubir Mahashet

११ वैशाख, काठमाण्डाै ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गर्नुभएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भन्नुभयो, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौँ, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौँ, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं।’

सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उहाँले भन्नुभयो, ‘अहिले नेपालमा कतै सिण्डिकेट छैन् । पहिला थियो । तर, यो सरकारले सिण्डिकेट खारेजी गरिदिएको छ । आजको दिनमा हामीले सिण्डिकेट प्रणाली खारेज गरिसकेका छौं । मात्रै के सवाल हो भने उहाँहरुलाई नवीकरण गर्ने सवालमा कम्पनी ऐन अन्र्तगर्त आओस् भनेर हामीले यो असार मसान्तसम्म समय दिएका छौँ । हो, कम्पनी दर्ता गर्नको लागि समय चाहिन्छ ।’

उहाँले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर वैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिनुभयो । मन्त्री महासेठले भन्नुभयो, ‘सरकार आफै बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर वैकल्पिक व्यवस्थाबारे सोच्छौं, हामी पर्यो भने नयाँ बस ल्याउन सक्छौं।’

उहाँले कम्पनी ऐन अन्र्तगत आउने काम सम्पन्न भएसँगै आफूहरुले सवारीमा ड्राइभरको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरुको लागि छुट्टै सिटको व्यवस्था गरिने पनि जनाए । उहाँले भन्नुभयो, ‘अहिले पनि यो काम भैरहेको छ, अझै थप व्यवस्थित् र प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी सरकार अघि बढ्छ ।’

सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन् नि भनेर सोधेको प्रश्नमा मन्त्री महासेठले भन्नुभयो, ‘सिन्डिकेट हटेपछि यातायात समिति र संघले धमाधम पैसा झिक्न थालेको जानकारी प्राप्त भएको छ, पैसा झिकेर कोही पनि उम्किन पाउने छैनन्।’

उहाँले अघि भन्नुभयो, ‘कोषमा जम्मा भएको पैसा झिकेको जानकारी आएको छ, पैसा झिकेको रेकर्ड सरकारले निकाल्छ, हामी तिनीहरुलाई छानबिनको दायरामा ल्याएर छाड्छौं, बदमासी गरेर पैसा लुकाइएको पाइएमा व्यवसायीमाथि सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँछौं।’

उहाँले आफू व्यवसायीहरुलाई सुविधा दिन तयार रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘हामी उहाँहरुलाई सुविधा दिनेबारे लचिलो छौं, तर सिण्डिकेट र कम्पनी ऐन अन्र्तगत आउने कुरामा व्यवसायीहरुप्रति मेरो कुनै सहानुभुति हुँदैन्।’

सिण्डिकेट अन्त्य गर्न सबैको साथ र सहयोग रहेकोले अब सरकारले अघि सारेको यो कदमलाई सफल बनाउनको लागि कांग्रेस र मधेशवादी दलहरुले पनि साथ दिनुपर्ने उहाँको भनाई छ ।

आफूहरुले समग्र यातायात क्षेत्रलाई व्यवस्थित् र सुधार गर्नको लागि मन्त्रालय अन्तर्गत सुधार तथा सुझाव समिति गठन गरेर काम गरिरहेको जनाउँदै उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले हिजो आयोग गठन गर्नको लागि निर्देशन दिएको छ, हामी सम्मानित अदालतको निर्देशन बमोजिम अघि बढ्छौँ ।’

अझै पनि सिण्डिकेट फर्किन्छ कि भन्ने डर, त्रास र शंका नपाल्नको लागि आम जनतालाई आग्रह गर्दै मन्त्री महासेठले भन्नुभयो, ‘ढुक्क हुनुहोस्, अब सिण्डिकेट फर्किँदैन्, सदाका लागि अन्त्य भैसकेको छ, यो खारेजी भैसकेको छ ।’

उहाँले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ र्दिरहेका बस व्यवसायीहरुको सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए । उहाँले भन्नुभयो, ‘सरकारले पूर्ण रुपमा सुरक्षा दिन्छ, यसमा कुनै दुर्इ मत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारवाही गर्छौं।’

फरक प्रसँगमा सन् २०१८ भित्रै नेपालमा रेल चल्ने कुरा मन्त्री महासेठले दोहोर्याउनु भएको छ । उहाँले भन्नुभयो, ‘हामी २०१८ भित्रै नेपालमा रेल चलाउँछौं, त्यस्तै केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलपनि चलाउँछौं, होला बरु ५ वर्ष भनेकोमा ६ वर्ष लाग्ला, तर ७ वर्ष कुर्नुपर्दैन।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !