१४ मंसिर २०८१, शुक्रबार

चीन–नेपाल रेलवे परियोजनादेखि नेपालबाट चीन घाँस निर्यातसम्म सम्झाैता


शेरबहादुर देउवा र वाङ वी

काठमाडौं । नेपालका लागि तीनदिने औपचारिक भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा भएको भेटघाटमा ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवासँग भेटघाटका क्रममा चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेसन, फिनिसिङलगायतका काम रहेको छ ।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग करिब १ घण्टा कुराकानी गरेका थिए ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटका क्रममा चीनसँग ९ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेक छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !