१४ असार २०८१, शुक्रबार

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने


प्रदेशसभा

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४/०७५ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सोमबार बस्ने कर्णाली प्रदेश सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रको बारेमा छलफल हुने भएको हो ।

प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य सूची रहेको जानकारी दिनुभयो । मन्त्रिपरिषदबाट स्वीकृत सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ । शनिबारको मन्त्रिपरिषदको बैठकबाट सरकारको नीति तथा कार्यक्रम स्वीकृत भएको थियोे ।

प्रदेश सरकारको निति तथा कार्यक्रममा संघीय सरकारले चालु आर्थिक वर्षका लागि प्रदेश सरकारलाई खर्च गर्न दिएको बजेटको आधारमा नीति तथा कार्यक्रम ल्याइएकोे हो । संघीय सरकारले प्रदेश सरकारलाई एक अर्व दुई करोड पाँच लाख बजेट दिएको थियो । नीति तथा कार्यक्रममा प्रदेशको पूर्वाधार विकास, सडक, कृषि, पर्यटन क्षेत्रको विकासलगायत कर्णाली प्रदेशको सम्भावनाहरुको सम्भाव्यता अध्ययन गर्ने योजनाहरु समावेश गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !