२९ कार्तिक २०८१, बिहीबार

एमाले–माओवादी संयुक्तसभामा दुवै दलका छुट्टाछट्टै ब्यानर राखेर कार्यक्रम सुरु


Lenin Jyanti Banner

९ वैशाख, काठमाण्डौ । लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमको ब्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताले होहल्ला गरेपछि दुईवटा ब्यानर राखेर कार्यक्रम सुरु गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको छुट्टै ब्यानर पनि राखिएको छ । मञ्चमा मार्क्स र लेनिनको तस्बिर पनि राखिएको छ ।

त्यसपछि कार्यकर्ता संयमित भएका थिए । यसअघि लेनिन जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा लेनिनकै तस्बिर नभएको भन्दै कार्यकर्ताले होहल्ला गरेपछि ब्यानर निकालिएको थियो । राष्ट्रिय सभागृहमा पुगेर नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गल्ती स्वीकार गर्दै अन्य ब्यानर पनि राख्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

त्यसपछि अहिले दुईवटा ब्यानर राखिएको छ । विश्व सर्वहारा वर्गका नेता भ्लादिमिर इल्चिच लेनिनको १४८ औं जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
दुई पार्टीले बनाएको एकता संयोजन समितिले कार्यक्रमको आयोजना गरेको थियो ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !