१९ असार २०८१, बुधबार

धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई सी–आस्बा प्रभावकारी कार्यान्वयन गर्न निर्देशन


Nepal Dhitopatra Board

५ वैशाख, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

सी–आस्बा प्रणाली लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकीन नगरिकनै आवेदन बुझिलिने गरेको, चेकसमेत बुझिलिने गरेको जस्ता गुनासोहरू आएको भन्दै प्रभावकारी कार्यान्वयन गर्न जोड दिएको हो ।

बोर्डले सी–आस्वा सफ्टवेयरमा रुजु गरी ग्राहकको पहिचान एकिन गरेपश्चात् मात्र सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि प्राप्त आवेदन बुझिलिन भनेको छ ।

त्यस्तै आवेदनकर्ताको खातामा आवश्यक रकम उपलब्ध भएमा आवेदन स्वीकार गरी रकम रोक्का गर्न, सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्न र सी–आस्वा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरुलाई तालिम प्रदान गर्न समेत निर्देशन दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !