८ जेष्ठ २०८१, मंगलबार

मनोज पुनको अपराधमा सघाउने एमाले र माओवादीका कार्यकर्ता पक्राउ


criminal

५ वैशाख, काठमाण्डौ । प्रहरी कारवाहीमा मारिएका गुण्डा नाइके मनोज पुनलाई अपराध कार्यमा सघाएको आरोपमा रुपन्देही प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सत्तारुढ एमाले र माओवादीका कार्यकर्ता समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह –७ का माओवादी कार्यकर्ता लेखनाथ न्यौपाने , बुटवल–७ का एमाले कार्यकर्ता उत्तम आचार्य , देवदहकै रोशन खड्का र तुल्सीराम न्यौपाने तथा बुटवल–४ का मदिरा व्यवसायी हरि श्रेष्ठ पक्राउ परेका हुन । पक्राउ परेकाहरुले मनोज पुनका लागि सुराकी गर्ने र पैसा असुल्ने गरेको प्रमाण फेला परेको प्रहरीले बताएको छ ।

रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार मनोज पुनलाई अपराध कार्यमा सहयोग पुराएको प्रमाण फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

युवा संघ रुपन्देहीका नेताहरु दुर्गा तिवारी र बसन्त पौडेलको हत्याको जिम्मा लिएका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले फागुन ९ गते रुपन्देही देवदहमा भएको प्रहरी कारवाहीमा मारिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !