२२ बैशाख २०८१, शनिबार

आजदेखि १०औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु


Jhapa Running Cup

४ वैशाख, झापा । १०औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंगलबार सुरु हुँदैछ ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रम, राष्ट्रिय खेलकद परिषद्को संयोजन तथा झापा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन लागेको हो ।  प्रतियोगिता उद्घाटन गर्न खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट आउने तय भएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा सञ्चालन हुने प्रतियोगितामा क्षेत्रीय स्तरबाट चुनिएर आएका सामुदायिक तथा निजी विद्यालयका खेलाडीले सहभागिता जनाउने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले जानकारी दिए। प्रतियोगिता बिहीबारसम्म चल्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !