१८ असार २०८१, मंगलबार

बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी


kp-oli-prachanda

३ वैशाख, काठमाण्डाै । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भइरहेको छ । दुईजना शीर्ष नेताहरुबीच १० दिनपछि पार्टी एकताको विषयमा छलफल भइरहेको हो ।

दुई शीर्ष नेताको बैठक झण्डै १ घण्टादेखि बालुवाटारमा चलिरहेको छ । आइतबार सिन्धुपाल्चोकको सुकेटे पुगेका प्रचण्ड सोमबार त्यतैबाट बालुवाटार पुग्नुभएको हो ।  एमाले र माओवादीबीच आउँदो ९ गते पार्टी एकताको घोषणा गर्ने भनिए पनि दुवै दलका नेताहरुबीच १० दिनदेखि यसविषयमा कुनै पनि छलफल भएको थिएन ।

पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ । केन्द्रीय समितिमा कति कतिजना नेता रहने, नयाँ दलको चुनाव चिन्ह के राख्ने, जनयुद्ध शब्द उल्लेख गर्ने कि नगर्नेलगायत विषयमा एमाले र माओवादीबीच कुरा मिल्न बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !