२९ कार्तिक २०८१, बिहीबार

प्रधानमन्त्री ओली बने थिल्ने साङ् तामाङको अभिभावक


PM Oli

२ वैशाख, डोल्पा  । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरिदिनुभएको छ ।

मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नम्बर ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरिदिनुभएको हो । मुगुमा रहेका प्रधानमन्त्रीले शनिबार तामाङलाई बुद्ध मावि मांग्री पुगेर भर्ना गर्नुभएको छ ।

छात्राको अभिभावत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोसाक र पुस्तक प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरिदिनुभएको छ । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गरिसक्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !